Shikhar Insurance

महिला लघुवित्तको साधारण सभा आज बस्दै , के-के छन् एजेण्डा ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २७, आईतवार १०:५२
NIMB
Nabil Bank

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ६औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा आज (फागुन २७ गते) आइतबार हिमालय दृश्य रिसोर्ट धुलिखेल काभ्रेमा बिहान ११ बजे आव्हान गरेको हो ।

कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ । सभामा अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभामा संस्थापक सेयरधनीबाट ४ जना सञ्चालक निवार्चन गर्नेछ।

सभा प्रयोजनाको लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेकाे छ । फागनु १४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्