Shikhar Insurance

लिटमस इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता सुरु, आठ टीम सहभागी

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २७, आईतवार १३:०२
NIMB
Nabil Bank

काठमाडौं । राउण्ड टेबल नेपालले ‘लिटमस इन्डोर कर्पोरेट क्रिकेट’ प्रतियोगिताको चौथो संस्करण सुरु गरेको छ । फागुन २६ देखी राजधानीमा प्रतियोगिता सुरु भएको हो ।

राउन्ड टेबल नेपाल, काठमाण्डू Zeal RT – 22, अल्पसंख्यक विद्यार्थीहरूको लागि (“Adopt, Adapt, and Improve”)  चौथो संस्करणको सुरुवात भएको हो। क्रिकेट प्रतियोगिता फागुन २६ देखी २७ सम्म चल्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रतियोगितामा आठ कर्पोरेट टोलीहरूले सहभागीता जनाएका छन् । जसमा ग्लोबल आइएमी बैंक, क्लाउड फ्याक्ट्री नेपाल,  स्ट्रोम कम्युनिकेशन नेपाल प्राली, आइसीएफसी फाइनान्स लिमिटेड, लिट्मस इन्डस्ट्रिज लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड, हिमालयन रि- इन्स्योरेन्स लिमिटेड र त्रिवेणी ग्रुपले सहभागिता जनाएका छन् ।

प्रतियोगिताबाट उठेको कोषले नमूना विद्यालयहरूको विकासमा प्रत्यक्ष रूपमा योगदान पुर्‍याउने आयोजकले जनाएको छ । राउन्ड टेबल नेपालले देशभर नमूना विद्यालयहरू निर्माण गरी आवश्यकता अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ।

प्रतियोगिताको मुख्य प्रायोजकमा लिट्मस इन्डस्ट्रिज लिमिटेड छ । यस्तै, आइजीआई प्रुडेन्टियल इन्स्योरेन्स लिमिटेड,  ग्रेप्सर प्राली, ग्लोबल आइएमी बैंक लिमिटेड र हिमालयन रि-इन्स्योरेन्स प्रायोजकहरू रहेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्