Shikhar Insurance

महालक्ष्मी विकास बैंकद्धारा २०८१ सालको भित्तेपात्रो प्रकाशन

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २७, आईतवार १८:१७
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । २०८० साल फागुन २७ गते आइतबार बैंकले उक्त क्यालेन्डर आफ्नो आधिकारिक वेबसाइट मार्फत प्रकाशन गरेको हो ।

बैंकले स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्विरहरु मार्फत सकारात्मक सन्देश प्रदान गर्दै यस बर्षको क्यालेन्डर प्रकाशन गरी आफ्ना ग्राहकहरु समक्ष ल्याएको हो । उक्त क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा सहभागी तस्विरहरु मध्येका उत्कृष्ट बाह्र तस्बिरहरू समावेश गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना ग्राहकहरुलाई जानकारी राख्नु बैंकको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको छ । ग्राहकहरुले उक्त क्यालेन्डरको डिजिटल कपी बैंकको आधिकारिक वेवसाइटwww.mahalaxmibank.com  मार्फत डाउन्लोड गर्न सक्नेछन् ।

‘सबल बैंक, सफल सहकार्य को लाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्र्दै आएका र आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्