Shikhar Insurance

नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानसम्म पुग्ने सडकका लागि बजेट विनियोजन गर्छौं : विष्णु पौडेल

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २८, सोमबार १२:४७
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानसम्म पुग्ने सडक निर्माणका लागि सरकारबाट बजेट विनियोजन गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानको उद्घाटनका अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

उनले मैदानबाट हाइवेसम्म कालोपत्रे सडक निर्माण गर्न तिलोत्तमा नगरपालिकासँग सहकार्य गरेर आफूले काम गर्ने बताए । उनले मैदानका लागि गुणस्तरीय ट्रान्सफर्मर बनाइदिने कुरामा पनि जनप्रतिनिधिहरु मिलेर सहयोग गर्ने प्रतिवद्धता गरे । उनले जनप्रतिनिधिको काम धेरै भाषण गर्ने भन्दा काम गरेर देखाउने रहेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भने, जनप्रतिनिधिको काम धेरै भाषण गर्ने, चिप्ला कुरा गर्ने काम हाम्रो होइन । सकिन्छ भने काम गर्नु राम्रो र नसके गफ गर्नु राम्रो हुँदैन । मैले विनोद कुवँरजीलाई सोधेँ । केके चाहिएको छ, अघि बढ्नका निम्ति । सरकारका तर्फबाट लगानी गर्न मैले अग्रसरता लिनेछु र त्यो ट्रान्सफर्मरको प्रवन्ध गर्न ध्यान दिनेछौँ । यहाँबाट सहजै हाइवेमा दर्शक र खेलाडी जानुपर्छ भन्ने छ । फराकिलो बाटोको सन्दर्भमा तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखज्युहरुसँग छलफल गरेर र सहकार्य गरी खेलमैदानसम्म आउनका लागि फराकिलो बाटो निर्माण गर्न राज्यको तर्फबाट बजेट विनियोजन गर्ने काममा लाग्नेछौँ ।

उनले भने गत ३० जेठमा निर्माणको शिलान्यास भएको रंगशाला आठ महिनापछि मैदानको निर्माण कार्य सम्पन्न भएको हो । ४० करोड रुपैयाँभन्दा बढी लगानीमा एक्स्ट्राटेक ओभल रंगशालाको निर्माण गरिएको हो ।

न्युज एजेन्सी नेपाल

GBIME

प्रतिक्रिया दिनुहोस्