Shikhar Insurance

गण्डकीमा बन्यो ८५ पक्की पुल, ५३ निर्माणाधीन अवस्थामा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३०, बुधबार १४:५५
NIMB
Nabil Bank

गण्डकी । गण्डकी प्रदेश सरकारको लगानीमा पछिल्लो छ वर्षमा ८५ पक्की पुल बनेका छन् । सडक पुल कार्यक्रमअन्तर्गत पुल निर्माण भइरहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएका हुन् ।

मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलका अनुसार प्रदेशभर ५३ पुल निर्माणाधीन अवस्थामा छन् । थप २३ पुलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारीको प्रक्रियामा रहेको जानकारी दिए । प्रवक्ता पौडेलले भने,“प्रदेश सरकार स्थापना भएयता ८५ पुल बनिसके, सम्झौता भएकामध्ये केही पुल निर्माणको अन्तिम चरणमा छन् । सडक सँगसँगै पुल निर्माणलाई मन्त्रालयले प्राथमिकता दिएको छ ।”सडकको पहुँच पुगे पनि समयमा पुल निर्माण नहुँदा वर्षायाममा ग्रामीण भेगको यातायात सेवा प्रभावित हुँदै आएको थियो । पुल निर्माणले गति लिन थालेपछि प्रदेशस्तरका सडकमा बाह्रैमास यातायात सञ्चालनका लागि सहजता थपिँदै गएको प्रवक्ता पौडेलले बताए । पुलको ठेक्का लिएर समयमा काम नगर्ने निर्माण कम्पनीलाई सचेत गराइएको उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रदेशको पूर्वाधार विकास निर्देशनालयका निमित्त प्रमुख डा. महेन्द्रबहादुर बानियाँले ३५ पुल बहुवर्षीय आयोजनामा समेटिएको जानकारी दिए । पुलका लागि चालु आवमा ३४ करोड १५ लाख विनियोजन गरिएको उनको भनाइ छ । “पैँतीस बहुवर्षीय योजनाका पुलका लागि रु एक अर्ब ९४ करोड ४७ हजारको स्रोत सुनिश्चित भएको छ । जिल्लास्थित पूर्वाधार कार्यालयमार्फत योजना कार्यान्वयन हुन्छ ।”डा बानियाँले भने ।उनका अनुसार बहुवर्षीय आयोजनाअन्तर्गत चालु आवमा कास्कीमा तीन, स्याङ्जा, तनहुँ, लमजुङ र बागलुङमा पाँच÷पाँच, गोरखामा चार, नवलपुर, पर्वत, म्याग्दी र नवलपुरमा दुई÷दुई र मनाङमा एक पुल निर्माण भइरहेको छ । यस वर्ष बहुवर्षीयमा गएकासहित कूल ५३ पुल निर्माणाधीन अवस्थामा रहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशभित्र सडक, पक्की पुल र झोलङ्गे पुल निर्माणको काम पूर्वाधार मन्त्रालयमार्फत हुँदै आएको छ । पछिल्लो छ वर्षयता प्रदेश सरकारको लगानीमा ६३ झोलुङ्गे पुल भएको मन्त्रालयले जनाएको छ । हाल १० झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेका र ५१ झोलुङ्गे पुल निमार्ण सुरु हुने चरणमा रहेको मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिए । सडकतर्फ एक सय ६२ आयोजना बहुवर्षीय आयोजनाका रुपमा निर्माणाधीन अवस्थामा रहेको उनको भनाइ छ ।

प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत ३३ सडक आयोजनाको कूल दुई सय ७९ दशमलव ७१ किमी सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भई कार्यान्वयनमा गइसकेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको स्थानीय तहको केन्द्र जोड्ने सडक निर्माण कार्यक्रमअन्तर्गत ११ सडक आयोजनाको कूल ८९ दशमलव ३७ किमी सडकको स्तरोन्नति भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए । ‘क’ वर्गका १६ प्रादेशिक सडक आयोजनाहरुको एक सय २२ दशमलव ५५ किमी सडक स्तरोन्नति गर्ने कार्य अगाडि बढेको उनको भनाइ छ । गण्डकीमा गत आवसम्ममा छ सय ७४ दशमलव शून्य छ किमी पक्की र पाँच सय ६६ दशमलव ८५ कच्ची सडक बनेको मन्त्रालयले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्