Shikhar Insurance

गल्फ कोर्समा ‘ड्राइभिङ रेन्ज र पार्किङस्थल’ निर्माण

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३०, बुधबार १७:३६
NIMB
Nabil Bank

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रको गल्फ कोर्षमा ‘ड्राइभिङ रेन्ज र पार्किङस्थल’ निर्माण गरिएको छ । धरान गल्फ क्लब र नेपाली सेनाको काली शक्ति इन्जिनियरिङ गणको सहकार्यमा निर्माण गरिएको हो ।

बुधवार ड्राइभिङ रेन्ज र पार्किङको नेपाली सेनाको पूर्वी पृतनापति उपरथी डा.आश बहादुर तामाङले उद्घाटन गरे । नेपाली सेनालाई जनतासँग जोड्ने नीति अनुरुप ड्राइभिङ रेन्ज र पार्किङ निर्माण गरिएको बताउँदै पृतनापति डा.तामाङले भने,“शारीरिक तथा मानसिक तनाव कम गर्नका लागि पनि खेलकुदमा लाग्नुपर्छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

उनले आगामी दिनमा पनि खेलकुद क्षेत्रमा यसरी नै नेपाली सेनाले सहयोग र सहकार्य गर्ने बताउँदै ड्राइभिङ सीप पनि प्रस्तुत गरेका थिए । गल्फ कोर्सभित्र आठ लेनको ड्राइभिङ रेन्ज, कार पार्किङ र स्टोरको निर्माण गरिएको क्लबका उपाध्यक्ष हरि राईले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्