Shikhar Insurance

राष्ट्रिय वाणिज्य बैंकले ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेन्स्-२०२४’ आयोजना गर्ने

सिंहदरबार संवाददाता
२०८० चैत्र २, शुक्रबार ११:४२
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘बैंकिङ क्षेत्रको दिगो गुणस्तर वृद्धि’का लागि ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेन्स्-२०२४’ आयोजना गर्ने भएको छ । बैंकले राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्याका बारेमा छलफल गर्न चैत ३ गते, शनिबार आयोजना गर्ने भएको हो ।

हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौतिहरुको बारेमा अर्थविद्, बैंकिङ्गविज्ञ तथा उद्यमीहरुका बीचमा ब्यापक छलफल गरी बैंकिङ्ग क्षेत्रमा देखिएका समस्याहरुलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ्ग विकासका लागि दिशा निर्देशन गर्न बैंकले ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेन्स्-२०२४’ लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेन्स्-२०२४’ मा अर्थमन्त्री वर्षमान पुन, अर्थविद् एवं डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. रामप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्यमी भवानी राणा, अर्थविद् एवं राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ, बरिष्ठ बैंकर्स परशुराम कुंवर, भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, फिनटेक विज्ञ संजिव सुब्बा, कमनसेन्स विज्ञ सुजिब शाक्य लगायत सहभागि हुने छ । कार्यक्रममा करिब ४५० जनाको उपस्थिति रहने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्