Shikhar Insurance

२० वाणिज्य बैंकले ७ महिनामा कमाए ३५ अर्ब ४९ करोड, नबिल, राष्ट्रिय वाणिज्य र ग्लोबल टप थ्रीमा

सिंहदरबार संवाददाता
२०८० चैत्र २, शुक्रबार १५:२९
NIMB
Nabil Bank

काठमाडौं । २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको सात महिनामा ३५ अर्ब ४९ करोड २४ लाख ५ हजार रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वाणिज्य बैंकहरुले साउन देखि माघ मसान्त सम्ममा ३५ अर्ब माथि नाफा आर्जन गरेका हुन् ।

नबिल बैंकले ३ अर्ब ९८ करोड ६५ लाख २ हजार रुपैयाँ नाफा कमाएर धेरै कमाउने बैंकको स्थान सुरक्षित गरेको छ । सबैभन्दा कम नाफा कमाउने बैंक भने नेपाल एसबिआई बैंक रहेको छ ,जसले जम्मा ८५ करोड २४ लाख २ हजार नाफा कमाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

धेरै नाफा कमाउने बैंकहरुको दोस्रो नम्बरमा भने राष्ट्रिय वाणिज्य बैंकले भने ७ महिनामा २ अर्ब ६८ करोड ३० लाख ३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । ग्लोबल आइएमई बैंकले २ अर्ब ६८ करोड २९ लाख ५ हजार नाफा कमाएर तेस्रो स्थान सुरक्षित गरेको छ ।

प्राइम कमर्सियल बैंकको नाफा २ अर्ब ५४ करोड ६९ लाख ३ हजार नाफा आर्जन गरेर चौथो स्थानमा परेको छ भने नेपाल इनभेष्मेन्ट मेगा बैंक (एनआईएमबि) बैंकले २ अर्ब ३८ करोड ९ हजार रुपैयाँ नाफा कमाएर पाँचौ स्थानमा आएको हो ।

एनआईसी एशिया बैकको कुल नाफा २ अर्ब १४ करोड ३० लाख ४ हजार रुपैया रुपैयाँ नाफा कमाएको छ भने एभरेष्ट बैंक लिमिटेडले १ अर्ब ९८ करोड ९९ लाख २ हजार रुपैयाँ नाफा कमाएको हो । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले भने ७ महिनामा १ अर्ब ९४ करोड १७ लाख ९ हजार रुपैयाँ नाफा कमाएको छ ।

हिमालयन बैंक लिमिटेडले १ अर्ब ८३ करोड ७४ लाख २ हजार रुपैयाँ नाफा कमाउदा एनएमबी बैंकले १ अर्ब ६५ करोड ९७ लाख ५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कृषि विकास बैंकले ७ महिनामा १ अर्ब ५७ करोड ३३ लाख ३ हजार रुपैयाँ कमाएको छ भने सिद्धार्थ बैंकले १ अर्ब ४१ करोड ८३ लाख १ हजार रुपैयाँ नाफा कमाएको छ ।

लक्ष्मी सनराइज बैंकले १ अर्ब ४० करोड ८७ लाख १ हजार रुपैयाँ नाफा कमाउदा सानिमा बैंकले १ अर्ब ४० करोड १२ लाख ८ हजार रुपैयाँ नाफा कमाएको हो । कुमारी बैंकको कुल नाफा १ अर्ब १२ करोड १९ लाख ४ हजार रुपैयाँ कमाउँदा सिटिजन्स बैंककले ९९ करोड ७८ लाख १ हजार रुपैयाँ नाफा कमाएको छ ।

माछापुच्छ्रे बैंकले ९८ करोड ४ लाख १ हजार कमाउदा नेपाल बैंकले ९५ करोड ९१ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ । प्रभु बैंककले ९२ करोड ७६ लाख ३ हजार नाफा आर्जन गर्दा नेपाल एसबीआई बैककले ८५ करोड २४ लाख २ हजार नाफा कमाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्