Shikhar Insurance

डेभलपमेण्ट बैंकर्स एसोसिएसनद्वारा अर्थमन्त्रीलाई वधाई ज्ञापन

सिंहदरबार संवाददाता
२०८० चैत्र २, शुक्रबार १७:०२
NIMB
Nabil Bank

काठमाडौं । डेभपलमेण्ट बैंकर्स एसोसिएसन नेपालले अर्थमन्त्री वर्षमान पुनलाई वधाई ज्ञापन तथा शुभकामना व्यक्त गरेका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठको नेतृत्वमा पदाधिकारीहरुले पुनसँग भेट गरेका हुन् ।

उक्त भेटघाटका क्रममा एसोसिएसनका अध्यक्ष श्रेष्ठले देशको समग्र अर्थतन्त्रमा विकास बैंकहरुले पु¥याएको योगदानको बारेमा जानकारी दिए । भेटघाटका क्रममा अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको सर्वाङ्गिण विकासको लागि विकास बैंकहरुले पु¥याएको योगदानको प्रशंसा गरे । पुनले भने, ‘कुनै पनि खराब मनसाय नराखी काम गर्दा सरकारले पूर्णरुपमा सहयोग गर्छ । निर्धक्क भएर काम गर्नुहोस् ।’

Citizen Life
Kumar Bank
Nepal Life

भेटघाटमा बैंकिङ व्यवसायका समस्या र चुनौतीहरुका बारेमा समेत छलफल भएको एसोसिएसनका उपाध्यक्ष तथा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह वोहराले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्