Shikhar Insurance

म्याग्दीमा चन्दा र श्रमदान जुटाएर पदमार्ग निर्माण

सिंहदरबार संवाददाता
२०८० चैत्र ४, आईतवार ११:२७
NIMB
Nabil Bank

म्याग्दी । जिल्लाका स्थानीय युवाले १५ लाख रुपैयाँ चन्दा र तीन महिनासम्म श्रमदान जुटाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा दुई किलोमिटर पक्की पदमार्ग निर्माण गरेका छन् ।

बेनी–जोमसोम सडकअन्तर्गत सिरुबारी आर्यघाटबाट रिसिन चौतारीसम्म निर्माण भएको पैदलमार्गलाई विस्तार गरेर चौर–भिरपाटा हुँदै सिरसिरे डाडाँमा रहेको वडा कार्यालयसम्म पुर्याउने लक्ष्य रहेको जानकारी गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

पदमार्ग निर्माण अभियानका संयोजक सागर केसीले रु १५ लाख २७ हजार सहयोग रकम जुटेको र १४ लाख ७७ हजार तीन सय ३३ रुपैयाँ खर्च भएको जानकारी गरेका छन् ।

स्वदेशमा हुनेले श्रमदान गरेका छन् भने विदेशमा हुने गाउँलेले नगद सहयोग गरे उनले भने सहयोग रकमबाट निर्माण सामग्री खरिद गरेर स्थानीय वासीको श्रमदान जुटाएर २ किलोमिटर पक्की सिढीसहितको पदमार्ग निर्माण गरेका छौँ ।

दाहसंस्कारका निम्ति शव घाटमा लैजाने पदमार्ग जीर्ण र जोखिमयुक्त भएकाले वडा कार्यालयसँग समन्वय गरेर गत पुसदेखि पदमार्ग निर्माण अभियान सञ्चालन भएको थियो ।

पदमार्ग निर्माणका लागि एक घरबाट पाँच दिनसम्म श्रमदान गरिएको निर्माण समितिका सचिव रवीन्द्र शर्माले बताए । उनले भने पदमार्ग निर्माणमा दैनिक १५ देखि ३० जनाको टोलीले निरन्तर श्रमदान गरेको थियो भने गाउँका आमा समूहहरूले दैनिकरूपमा निःशुल्क खाजाको व्यवस्था गरेको थिए ।

गाउँको विकासमा सरकारी बजेट मात्र ताकेर बस्नेहरूका लागि पदमार्ग निर्माण खटिएका युवाहरू उदाहरण बनेको रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष अमृत भण्डारी बताए । पदमार्गलाई विस्तार गरेर वडा कार्यालय पुर्याउन चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारी उनले दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्