Shikhar Insurance

बागलुङ कालिका मन्दिरमा १ महिनामा ३५ लाख भेटी सङ्कलन

सिंहदरबार संवाददाता
२०८० चैत्र ४, आईतवार १५:३७
NIMB
Nabil Bank

बागलुङ । नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा गत फागुनमा ३५ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ। मन्दिर व्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गर्दै आएको हो ।

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले फागुनमा ३५ लाख ११ हजार पाँच सय ३५ रुपैयाँ भेटी सङ्कलन भएको बताए । जसमध्ये नगद, सहयोग रसिद र बिक्री गर्न मिल्ने जिन्सी सामान र वस्तुबापत उक्त रकम सङ्कलन भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

फागुनमा कालिका मन्दिरबाट भेटीबापत नगद १९ लाख ८१ हजार एक सय रुपैयाँ, चामल बिक्रीबाट ५४ हजार नौ सय रुपैयाँ, बोकाबाट १ लाख ३० हजार छ सय रुपैयाँ, कुखुराबाट ७ हजार दुई सय रुपैयाँ प्राप्त भएको छ ।

साथै राँगाबाट दुई हजार रुपैयाँ, भाडा ३ लाख १४ हजार चार सय रुपैयाँ, विवाहबाट १० हजार पाँच सय आर्थिक सहयोग ३ लाख ४२ हजार चार सय ८५ रुपैयाँ, परेवा बिक्रीबाट ६ लाख ५५ हजार दुई सय ५० रुपैयाँ, व्रतबन्ध ९ सय, पण्डितबाट १२ हजार दुई सय सङ्कलन भएको कोषाध्यक्ष रामबहादुर खड्काले बताए ।

यस्तै फागुनमा २७ लाख ३६ हजार आठ सय ९० खर्च भएको छ। फागुनमा ७ लाख ७४ हजार छ सय ४५ बचत भएको समितिले जनाएको छ । यस्तै तलब ३ लाख ९७ हजार आठ सय, विद्युत् महसुल रु ५२ हजार आठ सय, अतिथि सत्कारमा ६७ हजार खर्च भएको छ ।

साथै आर्थिक सहयोग १५ हजार, पूर्वाधार विकास तथा निर्माणमा २१ लाख छ हजार, पोशाक तथा छपाइमा २१ हजार, खाद्यान्न तथा आवासमा रु ५४ हजार, विज्ञापनमा तीन हजार र सांस्कृतिक कार्यक्रम तथा भजनमा १६ हजार नौ सय खर्च भएको समितिको भनाइ छ । सङ्कलन भएको भेटी मन्दिर परिसरमा पूर्वाधार निर्माणमा खर्च हुने गरेको छ ।

समितिले हरेक वर्ष चैत्राष्टमी पर्वको अवसरमा ऐतिहासिक चैते दसैँ मेला आयोजना गर्दै आएको छ । यसपटक यहीँ चैत ३० गतेदेखि वैशाख ६ गतेसम्म मेला सञ्चालन हुन लागेको समितिका अध्यक्ष कुमार खड्काले बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्