Shikhar Insurance

रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा ३ उडान हुने

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार ११:५५
NIMB
Nabil Bank

गुल्मी । रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा ३ उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि सोही एयरलाइन्सले उडान भर्न लागेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले यात्रुको चाप बढेकाले नेपाल एयरलाइन्ससँग समन्वयमा एक उडान थप गरिएको बताए । यात्रुको चाप बढेपछि थप एक उडान सुरु गर्न लागिएको हो । आगामी दिनमा यात्रुको चापका आधारमा थप उडानबारे एयरलाइन्ससँग आवश्यक समन्वय गरिनेछ उनले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल एयरलाइन्सको १८ सिट क्षमताको जहाजले प्रत्येक साताको बुधबार र शुक्रबार विहान काठमाडौं रेसुङ्गा(काठमाडौं उडान गर्दै आएको छ । काठमाडौं रेसुङ्गा लागि ७ हजार २ सय ८० र रेसुङ्गा(काठमाडौं रुटका ७ हजार ८० भाडादर निर्धारण गरिएको छ । रेसुङ्गा बिमानस्थल सदरमुकाम तम्घासबाट ५ किलोमिटरको दुरीमा पर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्