Shikhar Insurance

महिलालाई आत्मनिर्भर बनाउँदै पाल्पाको रामपुर नगरपालिका

सिंहदरबार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार १०:५०
NIMB
Nabil Bank

पाल्पा । रामपुर नगरपालिकाले महिलालाई लक्ष्यित गरी सीप विकासमा जोड दिएको छ । आर्थिक रूपमा महिलालाई आत्मनिर्भर बनाउन नगरपालिकाले विभिन्न विविध सीप सिकाइरहेको हो ।

नगरपालिका क्षेत्रका ४७ महिलालाई हातेझोला, टोपी, पर्सलगायत सामग्री तयार पार्ने सीप सिकाइरहेको छ । गाउँघरमा खेर जाने वस्तुको सदुपयोग गर्दै विभिन्न सामग्री तयार पार्ने सीप थालनी गरेपछि उत्साहका साथ महिला तालिममा जुटेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

थाकलको पात र मकैका खोस्टाबाट हातेझोला, टोपी, पर्सलगायतका विभिन्न सामग्री तयार पार्ने सीप सिकाउन थालिएको नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले बताइन्। स्थानीय वस्तुको उपयोग होस् कच्चा पदार्थ बाहिरबाट खरिद गर्न नपरोस्, गाउँघरमा नै फालिएका वस्तुको समुचित प्रयोग गरेर आकर्षक सामग्री तयार पारी यसबाट राम्रो आयआर्जन लिन सकिन्छ भन्ने मनसायले सीप विकासमा जोड दिएका छौं उनले भनिन् ।

रामपुर नगरपालिकाको आयोजनामा ओम राजश्री मल्टी एग्रोको प्राविधिक सहयोगमा प्राकृतिक रेशाजन्य वनस्पतिको पोस्करबाट यहाँ एकमहिने हस्तकलाका विभिन्न सामग्री उत्पादनसम्बन्धी तालिम थालनी भएको छ । रामपुर नगरप्रमुख रमणबहादुर थापा महिलालाई सक्षम बनाउँदै उनीहरूको आयस्रोत उकास्न विभिन्न सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिएको बताए ।

सीप भयो भने जुन ठाउँमा रहेर पनि आयआर्जन गर्न सकिन्छ, आफू खाली बस्नु पर्दैन, बिक्रीका लागि बजार विस्तार भइरहेको छ नगरप्रमुख थापाले भने ‘स्थानीय वस्तुबाट विभिन्न सामग्री तयार पार्न सकिने हुँदा गाउँघर, वनमा पाइने विभिन्न वस्तुको भरपुर उपयोग गरेर गज्जबको आम्दानी गर्न सकिन्छ ।’ उनले स्वदेशी उत्पादन र वातावरणमैत्री उत्पादनमा बढावा दिन आवश्यक रहेको बताए । स्थानीय उत्पादनलाई नगर सरकारले कोसेलीबाट बजारीकरणको व्यवस्था गरिदिने भएकाले सीप सिकेर सामग्री उत्पादनमा जोड दिन नगरप्रमुख थापाको अनुरोध छ ।

ओम राजश्री मल्टी एग्रोका कार्यकारी निर्देशक युवराज गैरेले महिलाले आफूले सीप सिकेर उत्पादन गरेको सामग्री बजारीकरणको सम्पूर्ण व्यवस्था संस्थाले गर्ने प्रतिबद्धता व्यक्त गरे । रामपुर नगरपालिकाले यसअघि आयोजना गरेको साबुन, आलु चिप्स, स्वेटर बुन्ने, सिलाइकटाइलगायत तालिमबाट यहाँका अधिकांश महिला उद्यमी भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्