Shikhar Insurance

२ हजार ३ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार १०:४८
NIMB
Nabil Bank

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । आज छापावाला सूनको मूल्य २ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँमा किनबेच भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ३७ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा किनबेच भईरहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, आज चाँदी ५० रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ३५ रुपैयाँ रहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ६ सय ८५ रुपैयाँ रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्