Shikhar Insurance

पर्वतको पैँयूमा १३ वटा  सिँचाइ आयोजना निर्माण हुँदै

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १२:०२
NIMB
Nabil Bank

पर्वत । दक्षिण पर्वतको पैँयू गाउँपालिकाले चालु आर्थिक वर्षमा १३ वटा साना सिँचाइ आयोजना निर्माण गर्ने भएको छ ।

पालिकाभित्रका सातवटै वडामा रहेका विभिन्न कृषि सहकारी, कृषक समूह, तथा समितिले सञ्चालन गरेका व्यावसायिक फार्ममा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले यस वर्ष १३ वटा योजना छनोट गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सिँचाइको सुविधाबाट वञ्चित क्षेत्रका व्यावसायिक कृषकलाई यो कार्यक्रम लाभदायक हुने पैँयू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर राजीव रिमालले जानकारी दिए ।

इन्जिनियर रिमालका अनुसार टकलाक सिँचाइ कुलो निर्माणका लागि रु दुई लाख, त्रिवेणीको बोकेखोला गल्छिना कुलो निर्माणका लागि १ लाख, वडा नं २ को अर्नास खाद्यान्न बाली उत्पादक समूहका लागि १ लाख विनियोजन गरिएको छ ।

यसैगरी उपल्लो चालिसे सिँचाइ कुलो योजना बेउलीवासका लागि रु एक लाख ५० हजार, काउदी पिपलमुनि सिँचाइ कुलो बेउलीवासका लागि ५० हजार, घोप्टेखोला सिँचाइ कुलो मर्मत हुवासका लागि १ लाख विनियोजन भएको छ ।

इन्जिनियर रिमालका अनुसार झौरीखेत महने सिँचाइ कुलो निर्माणका लागि १ लाख, पिल्लेटारी सिँचाइ कुलो निर्माणका लागि १ लाख ५० हजार, ठाडेखोला सिँचाइ कुलो निर्माण भुर्तेलथोकका लागि  ५० हजार रुपैयाँ, कुवादीखोला, दशमुखरे, बेलवादी फाँट सिँचाइ योजना सरौखोलाका लागि  २ लाख विनियोजन भएको छ ।

अर्बुदखोला सिँचाइ योजनाका लागि ५० हजार, तथा भोर्लेखोला सिँचाइ योजनालाई १ लाख, र सोतीपोखरी–डाँडाखेत सिँचाइ योजनाका लागि ५० हजार विनियोजन भएको छ ।

चालु आवका लागि साना सिँचाइ योजनामा पालिकाले  १४ लाख विनियोजन गरेको थियो । पालिकाले दश दिनभित्रमा योजना सम्झौता गरी निर्माण कार्य थालनी गर्ने अनुरोध गरेको छ । सबै योजना चालु आवभित्र नै सम्पन्न गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत रिमालले बताए ।

सिँचाइको सुविधा नपुगेका व्यावसायिक फार्ममा आवश्यक पानी विभिन्न स्रोतबाट उपलब्ध गराउने उद्देश्यले कृषि फार्म र कृषिसँग सरोकार राख्ने संस्थामार्फत साना सिँचाइ योजना निर्माण गर्न थालिएको पालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए ।

उनका अनुसार माग भएका अन्य योजनालाई आगामी आवमा समावेश गरिने भएको छ । यसबाहेक साना सिँचाइका पुराना योजना मर्मतका लागि पनि पैँयू गाउँपालिकाले विभिन्न आठ वटा आयोजना छनोट गरिएको उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्