Shikhar Insurance

घर-घर मै स्वच्छ खानेपानी पुगेपछि सुर्किमारेवासी खुसी

सिंहदरबार संवाददाता
२०८० चैत्र ६, मंगलवार १७:११
NIMB
Nabil Bank

त्रिवेणी । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१२ सुर्किमारेका घरघरमा स्वच्छ खानेपानी पुगेको छ । सुर्किमारे सौर्य खानेपानी योजनाअन्तर्गत घर आँगनमै स्वच्छ खानेपानी पुगेको हो ।

स्थानीय भीमबहादुर ओलीले भने,‘‘पहिले पानीका लागि धेरै समय खर्चिनुप¥र्थो, करिब दुई घण्टाको पैदल हिँडेर पानीको जोहो गर्ने गरेका थियौँ, अहिले घरघरै पानीको धारा पुगेको छ”। सुर्किमारे सौर्य खानेपानी योजनाअन्तर्गत लिफ्ट प्रविधिमार्फत चार सय ५० मिटर तलदेखि उक्त टोलमा पानी पु¥याइएको छ । सुर्किमारेमा लिफ्ट प्राविधिमार्फत पानी पु¥याइए पनि ‘एक घर, एक धारा’ नहुञ्जेल स्थानीयले सहज तरिकाकाले पानी प्रयोग गर्न पाएका थिएनन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यसै चैतदेखि भने मुख्यमन्त्री रोजगार कार्यक्रमबाट घरघरै पानीको धारा निर्माण गरी पानी सञ्चालनमा आएपछि भने सहज भएको स्थानीय लक्ष्मी खड्का ओलीले बताईन् । मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तरर्गत सुर्किमारेमा ५४ घरधुरीमा धारा निर्माण गरी स्थानीयले स्वच्छ पानी प्रयोग गर्न थालिसकेको निर्माण उपभोक्ता समितिका सचिव रामलाल शर्माले जानकरी दिए । उनका अनुसार मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको १५ लाख बजेट खर्चेर धारा निर्माण गरिएको हो ।

जनश्रमदानसहित कूल १७ लाख ३९ हजार नौ सय ३४ रकम खर्च भएको छ । यस आयोजनामा स्थानीयले पाँच÷पाँच दिन जनश्रमदान गरेका थिए । करिब २२ घनमिटरको ट्याङ्की निर्माण, पक्की धारा निर्माण, पाइप र मिटर खरिदमा उक्त रकम खर्च भएको समितिका सचिव शर्माले जानकारी दिए । केही वर्षभित्र घरघरै पानीका धारा पु¥याउने योजना वडा कार्यालयले बनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्