Shikhar Insurance

अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०८० चैत्र ७, बुधबार १०:३१
NIMB
Nabil Bank

काठमाडौं । अरुण भ्याली हाइड्रोपवर डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने आज (चैत्र ७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गरेकाे हाे ।

कम्पनीले १०० अंकित मूल्यमा १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ । कम्पनीको हकप्रद सेयरमा गत माघ १४ गतेसम्म कायम सेयरधनीहरुले दावी गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले हकप्रद सेयर प्रयोजनका लागि माघ १५ गते बुक क्लोज गरिसेको छ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्