Shikhar Insurance

निर्वाचन क्षेत्र रणनीतिक सडक अयोजनालाई बजेटमा समेट्नुपर्छ : सांसद विश्वकर्मा

सिंहदरबार संवाददाता
२०८० चैत्र ७, बुधबार १४:१७
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का सांसद छविलाल विश्वकर्माले निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने बताएका छन् ।बुधबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफलमा भाग लिँदा सांसद विश्वकर्माले निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

उनले सुरक्षित आवास कार्यक्रमले पनि निरन्तरता पाउनुपर्ने बताए ।  उनले तराई मधेस समृद्धि कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भने, प्रत्येक निर्वाचन क्षेत्रमा रणनीतिक सडक थियो । यो रणनीतिक सडक अहिले अधुरो छ । बेवारिसे बनेको छ । सरकारको प्राथमिकतामा यसलाई पूर्णता दिने विषय बन्नुपर्दछ । सुरक्षित आवास कार्यक्रमले यसपटक त्यसले निरन्तरता पाएन । जबकि यस्ता जनताहरु छन्, जसको शीरको माथि छानो छैन । ओत नभएको हुनाले जनताहरु असुरक्षित भएको स्थितिमा यो सुरक्षित आवास कार्यक्रमले ती जनताहरुलाई धेरै लाभान्वित बनाएको थियो । थप प्रभावकारी हुनेगरी सुरक्षित आवास कार्यक्रमलाई अगाडी बढाउनुपर्दछ । तराई मधेस समृद्धि कार्यक्रलाई थप प्रभावकारी बनाउनुपर्छ । स्वास्थ्य बीमा प्रभावकारी बन्न सकेन । यसको दायरालाई फराकिलो बनाउने र सबै जनताको पहुँच पुग्नेगरी यसलाई अगाडी बढाउनुपर्छ ।

त्यस्तै स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको भन्दै सांसद विश्वकर्माले यसको दायरालाई फराकिलो बनाएर सबै जनताको पहुँचमा पु¥याउनुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्