Shikhar Insurance

चालु आव भित्र काठमाडौं उपत्यकाका अधिकांश सम्पदाहरुको पुनर्निर्माण सम्पन्न हुन्छन् : मन्त्री बुढा

सिंहदरबार संवाददाता
२०८० चैत्र ९, शुक्रबार १६:३६
NIMB
Nabil Bank

काठमाडौं । शहरी विकासमन्त्री धनबहादुर बुढाले काठमाडौं उपत्यकाका अधिकांश सम्पदाहरुको पुनर्निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने बताएका छन् ।
शुक्रबार ललितपुरको पाटनस्थित ज्येष्ठ वर्ण महाविहारको उद्घाटन समारोहमा बोल्दै उनले सो दाबी गरेका हुन् ।

मन्त्री बुढाले काठमाडौं उपत्यका लगायतका २८ वटा सम्पदामध्ये ३ वटाको पुनर्निर्माण कार्य सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको समेत स्मरण गराए ।
उनले नेपालको ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदाको पुनर्निर्माणमा भारत सरकारले गरेको सहयोगको पनि प्रशंशा गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्री बुढाले भने , काठमाडौं उपत्यकाका ३ वटै जिल्लालगायत सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, सोलुखुम्बुलगायतमा २८ वटा सम्पदामध्ये ३ वटा सम्पन्न भई सम्बन्धित निकायमा हस्तान्तण गरिसकिएको छ भने अन्य बाँकि सम्पदाहरुको अधिकांश चालु आर्थिक वर्षमा सम्पन्न हुनेछन् । सम्पदा पुनर्निर्माणका लागि अनुदान उपलब्ध गराएकोमा भारत सरकारप्रति शहरी विकास मन्त्रालय र स्वयं मेरो तर्फबाट समेत आभार व्यक्त गर्न चाहन्छु ।

मन्त्री बुढाले समयमै बजेटको व्यवस्थापन हुन नसक्दा सम्पदा पुनर्निर्माणको कामले गति लिन नसकेको पनि स्पष्ट पारे । भारत सरकारको समेत अनुदान सहायतामा पुनर्निर्माण गरिएको सो बिहारको लागत भ्याट बाहेक १४ करोड ५९ लाख रहेको जानकारी दिएका छन् ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्