Shikhar Insurance

१ करोड बढी लागतमा तयार पारेको वाटर पार्कको मोटरबोट सेवा सञ्चालनमा

सिंहदरबार संवाददाता
२०८० चैत्र ११, आईतवार १२:५२
NIMB
Nabil Bank

नेपालगञ्ज । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगञ्जस्थित वाटरपार्कमा सेवा विस्तार गरेको छ । १ करोड ८ लाख रुपैयाँ लागतमा तयार पारेको मोटरबोट सेवा विस्तार गरेको हो ।

खासै प्रयोगमा नआएको नेपालगञ्जको वाटर पार्क नामक पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको संचालक बि.बि. (बिष्णु) ढकालले जानकारी दिए । वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरीङ गरेर प्रयोग गरेको छ । कम्पनीले वाटरपार्कमा मोटरबोट संचालन गरे वापत नेपालगञ्ज महानगरपालिकालाई वार्षिक २५ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

कति लाग्छ शुल्क ?
पर्यटकले मोटरबोट चड्न २ सय ५० रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ । बाह्रसय बर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै ४ किलोमिटर दुरी सयर गर्न सक्नेछन् ।

के छ आगामी योजना ?
नेपालगन्जको सोही पार्कमा जेट स्कि, ५ वटा पावरस्पोर्ट्स, फ्लोटीङ रेष्टुरेण्ट, अपोजिट बन्जि, साइक्लिङ, जिपलाइन लगायतको सेवा समेत विस्तार गर्ने योजना रहेको ढकालले जानकारी दिए ।

यस अघि चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट संचालनमा ल्याउने योजना बनाएको उनले जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्