Shikhar Insurance

चैत १६ गतेदेखि सुरु हुने एक्स्पोमा १ करोडबढी कारोबार हुने नर्सरी संघको अनुमान

सिंहदरबार संवाददाता
२०८० चैत्र १३, मंगलवार १५:३३
NIMB
Nabil Bank

काठमाडौं । नर्सरी व्यवसायी संघले फलफूल नर्सरीको व्यावसायिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरणका लागि ‘नेशनल हर्टिकल्चर एक्स्पो-२०८०’ गर्ने भएको छ । संघले एक्स्पो चैत्र १६ गतेदेखि १९ गतेसम्म भृकुटीमण्डपमा गर्ने भएको हो ।

मेलामा ७४ व्यवसायीक स्टल, ४ फुड स्टल, ७ अफिसियल स्टल तथा प्रतिष्पर्धाको ५ स्टल गरी जम्मा ९० स्टलहरु रहनेछ । आर्थिक मन्दिले सुस्ताएको अर्थतन्त्र विकासमा यस मेलाले सहयोग गर्ने मेला संयोजक तथा संघका अध्यक्ष रामजी कुँवरले बताए । मेलामा पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडिबुटी नर्सरीको ७ सयभन्दा बढि प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्रि वितरण गर्ने छ । उनले भने, ”एक्स्पोमा नेपाल टेलिकम, एजीए एग्रो, कुमारी फ्लोरा फार्म, सृजना एग्रीकल्चर प्रालिले सहयोग गरेको छ । सरकार तथा पालिकाबाट आर्थिक सहयोग आएको छैन ।”

Citizen Life
Kumar Bank
Nepal Life

नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञाशु एवं अध्ययन साथै अनुसन्धान गर्न चाहनेहरुका लागि यो एक्स्पाले महत्वपूर्ण योगदान पुर्याउने संघले जनाएको छ । मेलामा कम्तीमा ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै, १ करोडभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा संघले जनाएको छ ।

मेला अवलोकन गर्न सर्वसाधारणको लागि १ सय र विद्यार्थी तथा जेष्ठ नागरिकका लागि ५० रुपैयाँ लाग्ने छ । मेलाको लागि भाडा, खाजा पानी खर्च, सरसफाई, २५ हजार स्टल भाडा गरी धेरै खर्च गर्नुपर्ने भएकाले शुल्क सिस्टम राखेको अध्यक्ष कुवँरले जानकारी दिए । आर्थिक सहयोगका लागि काठमाडौं महानगरपालिकाका १८ वटा नगरपालिकामा प्रपोजल पेश गरेको तर सहयोग भने नआएको उनको गुनासो छ ।

प्रतिस्पर्धीको मूल्याङ्कनका लागि वनस्पती, माटो र पर्यावरणविज्ञ सम्मिलित तीन सदस्यीय समिति गठन गरिएको उनले जानकारी दिए । एक्स्पोको प्रवद्र्धकमा पुष्प विकास केन्द्र, वनस्पति विभाग, प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवसाय केन्द्र, कृषि तथा पशुपक्षी विकास मन्त्रालय रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्