Shikhar Insurance

हैदराबादद्धारा मुम्बई इन्डियनको राम धुलाई, २७७ को योगफल बन्दा इतिहास रच्यो

सिंहदरबार संवाददाता
२०८० चैत्र १४, बुधबार २२:१३
NIMB
Nabil Bank

काठमाडौं । इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबादले इतिहास रचेको छ । हैदराबादले मुम्बई इन्डियन विरुद्ध रनको वर्षा गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा २७७ रन बनाएको हो ।  रोयल च्यालेन्जर्स बैंलोरले पुने वारियर्स विरुद्ध २०१३ मा २६३ रन जोडेको थियो । सो रेकर्ड हैदराबादले तोडेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

खेलमा हेनरिच क्लासेनले ३४ बलमै ८० रनको योगफल तयार गरे । उनले ४ चौका र ७ वटा छक्का प्रहार गरेका थिए । यस्तै ट्राभिस हेडले २४ बलमा ९ चौका र ३ छक्काको मद्दतले ६२ रनको योगफल बनाएका थिए ।

अभिसेक शर्माले २३ बलबाट ६३, मायक अग्रवालले १३ बलबाट ११ एइडिन मारक्रमले २८ बलबाट ४२ रन प्रहार गरेका थिए । जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले पनि आक्रामक सुरुवात गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्