Shikhar Insurance

साना किसान विकास लघुवित्तको २ लाख ११ हजार ४ सय ७५ कित्ता सेयर आजदेखि लिलामी बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० चैत्र २१, बुधबार ११:१३
NIMB
Nabil Bank

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलामी बढाबढमार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको २ लाख ११ हजार ४ सय ७५ कित्ता सेयर लिलाम बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता ३ सय ३० रुपैयाँ रहेको छ । सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र अधिकतममा ४ हजार कित्ता सेंयरका लागि आवेदन दिन सकिनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, सेयर खरिद गर्ने इच्छुक साना किसान सहकारी संस्था वा अन्य विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी आज ९चैत २१ गते देखि वैशाख २५ गतेसम्ममा कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल–काठमाडौं वा संस्थाका शाखा कार्यालयहरु बिर्तामोड, इटहरी, बर्दिबास, हेटौंडा, गजुरी, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, बबरमहल, लहान वा अत्तरियामा आवेदन पेश गर्ने सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्