Shikhar Insurance

पछि हटे ओली, माधव नेपाल समुहमाथिको कारवाही फिर्ता, खारेज होला फागुन २८ को निर्णय ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३०, बिहीबार ११:२९
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसहितका नेताहरुमाथिका कारवाही फिर्ता भएको छ । बालुवाटारमा बसेको ओली नेतृत्वको एमाले बैठकले बरिष्ठ नेता नेपाल, उपाध्यक्ष भिम रावल, उप महासचिव घनश्याम भुषाल र सुरेन्द्र पाण्डे माथिको कारवाही फिर्ता लिने निर्णय गरेको हो ।

कारवाहीको निर्णय फिर्ता लिनु अघि एमाले उप महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले माधव नेपाललाई उनकै निवासमा पुगेर भेटेका थिए । आफु पक्षिय सांसदहरुको सामुहिक राजीनामा दिने तयारीमा रहेका नेपाललाई फकाउन कारवाही फुकुवाको निर्णय भएको हो । यद्यपी नेपाल समुहले कारवाही फुकुवाको निर्णयपछि आफ्नो धारणा सार्वजनिक गरेको छैन् ।

Citizen Life
Kumar Bank
Nepal Life

ओली पक्षिय एमालेका कार्यालय प्रमुख शेर बहादुर तामाङले बरिष्ठ नेता नेपाल लगायतका नेताहरुमाथि गरिएको कारवाही फिर्ता गरिएको र त्यसले पार्टी एकताको बाटो खोल्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्