Shikhar Insurance

आयरल्यान्ड ‘ए’द्वारा शृङ्खला ‘क्लिनस्वीप’

सिंहदरबार संवाददाता
२०८० चैत्र २५, आईतवार १७:३१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल ‘ए’विरुद्धको एकदिवसीय शृङ्खला आयरल्यान्ड ‘ए’ले ‘क्लिनस्वीप’ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको प्रतियोगिताको तेस्रो खेलमा नेपाल ‘ए’लाई ६९ रनले पराजित गर्दै आयरल्याण्ड ‘ए’ले शृङ्खला क्लिनस्वीप गरेको हो ।

आयरल्याण्ड ‘ए’ले पहिलो खेल २१ रनले र दोस्रो खेल एक सय १४ रनले जितेको थियो ।आजको खेलमा जितका लागि दुई सय ८५ रनको लक्ष्य पाएको नेपाल ३९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै दुई सय १५ रनमा समेटियो । नेपालका लागि अर्जुन कुमालले सर्वाधिक एक सय दुई रनको योगदान दिए । उनले एक सय १८ बल खेल्ने क्रममा १४ चौका प्रहार गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरी अर्जुन साउदले ३० बलमा चार चौका र तीन छक्काको साहयताले ३६ रन बनाए भने नरेन भट्ट र रुपेश सिंहले समान १५÷१५ रन बनाए । देव खनालले ११ रन जोडदा साहब आलमले छ रनमा आउट भए ।

आयरल्याण्ड ‘ए’को जितमा बिन ह्वाइट एक्लैले पाँच विकेट लिए भने गाभिन होयले चार विकेट झारे । त्यस्तै म्याथ्यु फोस्टरले एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८४ रनको योगफल बनाएको थियो ।

आयरल्यान्ड ‘ए’का लागि स्टीफन डोहनीले शतकीय प्रहार गरे । उनले एक सय २९ बल खेल्दै आठ छौका र दुई छक्काको सहयोगमा एक सय सात रनको योगदान दिएका थिए ।

त्यस्तै पिटर मुरले २४ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ४४ रन बनाए । म्याथ्यु हम्फ्रेजले २३ रन बनाए भने मोर्गन टोप्पिङले २१ रन बनाए । त्यस्तै फिन ह्यान्डले २० रन जोडे ।

नेपाल ‘ए’का रिजन ढकाल र रञ्जित कुमारले समान तीन/तीन विकेट लिए भने विकास आग्री र साहब आलमले समान एक एक÷विकेट लिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्