Shikhar Insurance

‘द क्लिफ’ले नयाँ वर्षमा ‘नाइट बञ्जी’ गर्ने, रुम बुकिङमा १५ प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० चैत्र २६, सोमबार १४:४६
NIMB
Nabil Bank

कुश्मा । ‘द क्लिफ नेपाल’ले नयाँ वर्ष-२०८१ को अवसरमा ‘नाइट बञ्जी’ गर्ने भएको छ । साथै, चैत ३० र वैशाख १ गते क्लिफको रिसोर्टमा रुम बुकिङ गर्दा १५ प्रतिशत छुटको व्यवस्था रहेको अफर ल्याएको हो ।

बुकिङका लागि ०६७–४२२२२९ मा सम्पर्क गर्न सकिने छ । विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालक कम्पनीले साहसिक खेलकुदका पारखीहरूलाई नयाँ अनुभव दिन ‘नाइट बञ्जी’ आयोजना गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । कम्पनीले यसअघिका नयाँ वर्षहरूमा पनि नाइट बञ्जी गर्दै आएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प निर्माण गरिएको छ । रिसोर्ट सहितको एड्भेन्चर हव द क्लिफमा बञ्जी र स्विङसँगै विश्वकै अग्लो ब्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ लगायत गतिविधि सञ्चालनमा छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्