Shikhar Insurance

नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले ताराखेल संरक्षण गर्दै तमानखोला गाउँपालिका

सिंहदरबार संवाददाता
२०८० चैत्र २७, मंगलवार १३:३५
NIMB
Nabil Bank

बागलुङ । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले ताराखेल (धनुषबाण) संरक्षणको गर्न काम सुरु गरेको छ । आदिवासी जनजाति समुदायमा लोकप्रिय ताराखेल लोप हुने अवस्थामा पुगेपछि तीन वर्षदेखि प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको हो ।

गाउँपालिकाले ताराखेलको संरक्षण गर्दै नयाँ पुस्ताका खेलाडी उत्पादनमा जोड दिएको छ । परम्परागत र आधुनिक दुई विधामा तारा खेल प्रतियोगिता हुन थालेका छन् । खासगरी मगर, छन्त्याल, थकालीलगायत आदिवासी जनजाति समुदायमा यो खेल प्रचलित छ । जनजातिको बाहुल्यता रहेको तमानखोलामा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

गाउँपालिका अध्यक्ष बुढाले भने,“खासगरी बागलुङको पश्चिम क्षेत्रमा आदिवासी जनजाति समुदायको बाक्लो बस्ती छ, उनीहरुको परम्परागत खेललाई संरक्षण गर्दै गाउँपालिकाले विगतमा झैँ यस पटक समेत तमानखोला ताराखेल च्याम्पियन आयोजना गरिसकेको छ । परम्परागत र अन्तर्राष्ट्रिय मापदण्ड गरी दुई विधामा प्रतियोगिता गराएका छौँ ।” चालु आर्थिक वर्षमा गाउँपालिकाले ताराखेल प्रतियोगिताका लागि २ लाख बजेट विनियोजन गरेको थियो ।

प्रतियोगिता सोमबार मात्रै सम्पन्न भएको छ । प्रतियोगितामा ५९ जना ताराखेलका खेलाडी सहभागी थिए । ताराखेलको परम्परागत विधामा १७ र आधुनिक विधामा ४२ जना सहभागी थिए । आधुनिक विधामा दिलीप छन्त्याल र परम्परागतमा टाइगर बुढाथोकी विजेता भएकका थिइ । दुबै विधाका विजेताले नगद १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । दोस्रो स्थान प्राप्त गर्नेले नगद १० हजार मेडल र प्रमाणपत्र तथा तृतीय हुनेले नगद पाँच हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । पाँच खेलाडीलाई नगद दुई हजार प्रदान गरिएको छ ।

“धनुषबाण खेल व्यक्तिगत रुपमा खेलिरहेका हुन्छौँ त्यही खेललाई गाउँपालिकाले प्रवद्र्धन गर्दा हामीलाइ हौसला बढेको छ,” यस वर्षका विजेता खेलाडी दिलीप बुढाथोकीले भने । यही खेल अन्तर्राष्ट्रियस्तरमा आर्चरीका नाममा प्रतिस्पर्धा हुने गरेको छ । त्यसैले गाउँगाउँमा खेलाडी उत्पादन गर्न प्रतियोगिताले सहयोग पुग्ने अर्का खेलाडी टाइगर बुढाथोकीले बताए । “तमानखोलामा धनुषबाण प्रतियोगिताको प्रदेश र राष्ट्रियस्तरका खेलाडी हुनुहुन्छ । यहाँका नवप्रतिभालाई प्रोत्साहित गरेर अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा खेल्ने खेलाडी उत्पादन गर्न सकियोस्” उनले बताए ।

धनुषबाण अर्थात् ताराखेल सिकारी युगपछि कृषि युगमा प्रवेश गरेसँगै सुरुआत भएको मानिन्छ । परापूर्वकालमा जङ्गलको छेउछाउमा बसोबास गर्ने आदिवासीले सिकार खेल्न धनुषबाण प्रयोग गर्थे । त्यही धनुषबाण पछि ताराखेलका रुपमा विकास भएको स्थानीय खिमबहादुर पुन बताए । ताराखेलका लागि धुनषबाण, तीर र निशाना आवश्यक पर्छ । पछिल्लो समय धुनषबाण र तीर बनाउने व्यक्ति पाइन छोडेको छ । नेपाली मौलिक खेलका सामग्री अहिले विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको खेलाडीहरु बताउँछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्