Shikhar Insurance

गलकोटमा बैशाख १ गते ‘वाटर भलिबल गेम’ हुने, प्रथम हुनेलाई २५ हजार नगद

सिंहदरबार संवाददाता
२०८० चैत्र २८, बुधबार १५:५४
NIMB
Nabil Bank

बागलुङ । नयाँ वर्षमा बागलुङको गलकोटमा पानीमा भलिबल प्रतियोगिता हुने भएको छ । गलकोट नगरपालिका–३ चिसापानीस्थित दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्टले प्रतियोगिता आयोजना गरेको हो ।

विदेशमा सामुद्रिक किनार या पौडी पोखरीमा भलिबल खेले पनि नेपालमा नयाँ अभ्यासका रुपमा बागलुङको गलकोटमा तीन वर्षदेखि पानीमा भलिबल (वाटर भलिबल गेम) प्रतियोगिता आयोजना हुँदै आएको छ । रिसोर्टमा रहेको पौडी पोखरी (स्विमिङ पुल)मा भलिबल खेलको प्रतियोगिता नयाँ वर्षका अवसरमा आयोजना गरिएको छ । यही चैत ३० गते र आगामी वैशाख १ गते पानीमा भलिबल प्रतियोगिता आयोजना गरिएको दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्टका सञ्चालक हुम थापाले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

दुई दिनसम्म चल्ने प्रतियोगितामा १६ भलिबल समूह सहभागी हुनेछन् । उक्त भलिबल भने पुरुष मात्रै खेल्न सक्नेछन् । “झन्डै १५÷१६ समूहले प्रतिस्पर्धामा भाग लिने अनुमान छ, गुल्मी, ढोरपाटन र बडीगाडसम्मका खेलाडी समूह सम्पर्कमा आएका छन् । खेलको प्रवद्र्धनसँगै गलकोटलाई नयाँ ढङ्गबाट चिनाउन पानीमा भलिबल प्रतियोगिता राखिएको हो, उहाँले आफ्नो रिसोर्टमा पर्यटकलाई आकर्षण गर्न र भलिबललाई फरक ढङ्गले चिनाउन प्रतियोगिता आयोजना गरिएको हो ।” सञ्चालक थापाले बताए ।

नेपालमै पानीमा भलिबल प्रतियोगिता नौलो भएको उनको भनाइ छ । भलिबलको अन्तर्राष्ट्रिय नियमअनुसार नै पानीमा भलिबल खेल्न सकिने उनको भनाइ छ । पानीमा भलिबल खेल्नका लागि भलिबल कोर्ट सरहकै पौडीपोखरी आवश्यक रहेको हुन्छ । उक्त रिसोर्टमा भलिबल कोर्ट सरहकै पौडी पोखरी रहेकाले लगातार तीन वर्षदेखि प्रतियोगिता आयोजना गरिएको थापाको भनाइ छ । यस पटक पानीमा भलिबल खेलेर प्रथम हुनेले २५ हजार राशिको पुरस्कार प्राप्त गर्नेछन् । यस प्रतियोगिताबाट नयाँ अनुभव, सिकाइ र पानीमा खेलिने भलिबलको सम्भावना पहिल्याउन पनि सघाउ पुग्ने विश्वास लिइएको छ । रिसोर्ट परिसरमा रहेको २० मिटर लामो पौडी पोखरीमा खेल हुनेछ ।

एक समूहबाट चार खेलाडी प्रतिस्पर्धामा उत्र्नेछन् । खेल लिग प्रणालीबाट खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो हुने टोलीले २५ हजारसहित कप र मेडल तथा दोस्रोले १२ हजारसहित मेडल पुरस्कार पाउने छन् । टोली दर्ता शुल्क २ हजार राखिएको छ । तीन वर्षदेखि लगातार भइरहको भलिबल हेर्न दुई हजार दर्शक रिसोर्टमा आउने अपेक्षा गरिएको छ । यस्तै नयाँ वर्षको अवसरमा पानीमा भलिबलसँगै घैटोफोर प्रतियोगिता र माछा छोप्ने प्रतियोगितासमेत राखिएको छ ।

पानीमाथि खेल्ने भलिबल प्रतियोगितामा पहिलो वर्ष १७ समूह, दोस्रो वर्ष १३ समूह सहभागी भएका थिएभने अहिले १५ समूहभन्दा बढी समूह सहभागी हुने अपेक्षा गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्