Shikhar Insurance

नयाँ वर्षको अवसरमा ‘हाफ म्याराथन’ प्रतियोगिता आयोजना गर्दै धनगढी जेसिज, विजेतालाई ६६ हजार

सिंहदरबार संवाददाता
२०८० चैत्र २८, बुधबार १७:१७
NIMB
Nabil Bank

कैलाली । धनगढी जेसिजले नयाँ वर्षको-२०८१ को अवसरमा आगामी वैशाख १ गते ‘धनगढी हाफ म्याराथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

धनगढीको समग्र विकासका लागि ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ आयोजना हुने दशौँं संस्करणअन्तर्गत हाफ म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिताका संयोजक आशिष शाहले जानकारी दिएका हुन् । जेसिजले युवाहरुको व्यक्तित्व र नेतृत्व तथा क्षमताको विकासका लागि हरेक वर्ष उक्त प्रतियोगताको आयोजना गर्दै आएको उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

नयाँ वर्षको अवसरमा आयोजना सुरु भएको धनगढी हाफ म्याराथनको दशौँ संस्करणले नेपाल एथ्लेटिक्सबाट समेत स्वीकृत प्राप्त गरेको छ । यो म्याराथनमा कुनै ‘रेकर्ड’ बनेमा सोले पनि मान्यता पाउने संयोजक शाहको भनाइ छ । प्रतियोगितको विजेताले ६६ हजार छ सय ६६, उपविजेताले ४४ हजार चार सय ४४ र तेस्रो हुनेले ३३ हजार तीन सय ३३ प्राप्त गर्नेछन् ।

म्याराथन धनगढी रङ्गशालाबाट सुरु भएर सहिद गेट हुँदै गेटा मेडिकल कलेजको मनोहरा पुलको मोड भएर पुनः धनगढी रङ्गशालामा पुगेर समापन हुने धनगढी जेसिजका अध्यक्ष अरुण सिंहले बताए । प्रतियोगिताअन्तर्गत महिलातर्फ तथा कर्पोरेट र सञ्चारको पाँच किलोमिटरको दौड पनि आयोजना गरिनेछ ।

दुई वटै विधाका विजेताले ६ हजार छ सय ६६, उपविजेताले ४ हजार चार सय ४४ र तेस्रो हुनेले ३ हजार तीन सय ३३ प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रवर्द्धकमा जेसिज एभरेष्ट स्कुल, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, प्रदेश युवा परिषद, धनगढी उपमहानगरपालिका र नवजीवनको अपरेटिभ्स लिमिटेड रहेका छन् । साथै प्रायोजकमा चैतन्य पाठशाला रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्