Shikhar Insurance

हङकङ विरुद्ध सानदार जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३, सोमबार १५:२४
NIMB
Nabil Bank

काठमाडौं। हङकङ विरुद्ध सानदार जित निकाल्दै नेपाल एसीसी प्रिमियर कप प्रतियोगताको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार हङकङ विरुद्ध ८ विकेटको जित निकाल्दै नेपाल सेमिफाइनल प्रवेश गरेको हो ।

टस जितेर फिल्डिङ रोजेको नेपालले १ सय १४ रनको लक्ष्य पाएको थियो । निर्धारित १८ ओभरको खेलमा १२.२ ओभरमै लक्ष्य भेट्टाएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपालले समुह चरणको तीन खेलबाट ६ अंक बटुलीसकेको छ । यसअघि नेपालले मलेसिया र कतारलाई हराइसकेको छ । अब नेपालले समुह चरणको अन्तिम खेलमा साउदी अरबको सामना गर्नेछ ।

समुह ‘ए’ मा रहेको नेपालले समुह ‘बी’ को उपविजेतासँग फाइनल प्रवेशका लागि खेल खेल्नेछ । प्रतियोगितामा नेपाल र ओमनलाई प्रमुख दाबेदारको रुपमा हेरिएको छ । कप जित्ने टीमले एशिया कप खेल्न पाउनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्