Shikhar Insurance

इजरायलले तत्काल इरान विरुद्ध जवाफी कारबाही नगर्ने, उपयुक्त समयमा बदला लिने

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३, सोमबार १६:३१
NIMB
Nabil Bank

काठमाडौं । इजरायलले इरानविरुद्ध तत्काल जवाफी कारबाही नगर्ने भएको छ । इजरायलको ‘वार क्याबिनेट’को बैठकले उपयुक्त समय आएपछि मात्रै आक्रमण गर्ने जनाएको छ ।

आइतबार बसेको ‘वार क्याबिनेट’मा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्ध आफूले जित्ने भन्दै उपयुक्त समय आएपछि मात्रै कदम चाल्ने बताएका हुन् । आइतबार बिहान इरानले विभिन्न स्थानबाट ३ सय ड्रोन, ब्यालेष्टिक मिसाइल, क्रुज मिसाइल आक्रमण गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यो आक्रमणको ९९ प्रतिशत मिसाइल निष्तेज पारेको इजरायलले बताएको छ । यद्यपी इरानले भने आफ्नो मिसन पुरा भएको बताएको छ । इरानले इजरायललाई चेतावनी दिदैं इजराइलले कुनै आक्रमण गरे ठूलो आक्रमणको चेतावनी दिएको छ ।

इरानको सो धम्कीप्रति अमेरिकाले समेत इजराइललाई सचेत गराएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले इरानले धेरै कोर्स तयार गरी इजरायलमाथी आक्रमण गरेको बताएका छन् । यदि इजरायलले कुनै आक्रमण गरे त्यसमा सहभागी नबन्ने अमिरिकाले बताइरहेको छ । इजराइली सेनाले भने इरानको अभूतपूर्व आक्रमणपछि आफू युद्धबाट विचलित नहुने बताएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्