Shikhar Insurance

अब ध्यान सत्तामा होइन, कोरोना नियन्त्रणमा लगाऔंः बाबुराम भट्टराई

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार १४:३२
NIMB
Nabil Bank

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अब ध्यान सत्तामा नभएर कोरोना नियन्त्रणमा लगाउनुपर्ने बताएका छन् । शुक्रबार ट्वीट गर्दै डा. भट्टराईले तीनै तहका सरकार र निजी क्षेत्रको संयोजनमा पर्याप्त मात्रामा अक्सिजन उत्पादन, वितरण, बेड तथा उपकरण र खोपको व्यवस्थापनमा युद्धस्तरको काम गर्नुपर्ने बताएका हुन् ।

उनले जनताको जिउज्यान रहे राजनीति हुँदै गर्ने बताउँदै पहिला नागरिकलाई बचाउन लाग्नुपर्ने धारणा राखेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्