Shikhar Insurance

विश्व प्राविधिक पावरहाउसको रूपमा नेपाललाई सुदृढ पार्न ‘ल्यान्डमार्क’ कार्यक्रम

सिंहदरबार संवाददाता
२०८१ बैशाख १०, सोमबार १३:३४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनी (एनएएस-आईटी)ले ‘नेभिगेटिङ ग्रोथस् स्टार्टअप इकोसिस्टम र एशिया प्यासिफिक विस्तारका लागि रणनीतिहरू’ शीर्षकको ग्राउन्डब्रेकिंग कार्यक्रम आयोजना गरेको छ । विश्व प्राविधिक पावरहाउसको रूपमा नेपालको स्थितिलाई सुदृढ पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा विश्वभरीका प्यानलिस्टहरू सहभागि थिए । एनएएस आईटीले काठमाडौंमा गरेको प्रतिष्ठित एपीआईसीटीए एक्सको बैठक नेपालमा पहिलो पटक आयोजना गरिएको हो । योङ इनोभेसनका कार्यकारी अध्यक्ष विभुषण विष्टले विज्ञतापूर्वक सञ्चालित प्यानल छलफलको साथ, सहभागीहरूलाई सशक्तिकरण गर्ने उद्देश्यले महत्वपूर्ण विषयहरूमा छलफल गरी कार्यक्रम उत्कृष्ट रूपमा सफल भएको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रममा स्टार्टअप इकोसिस्टमहरू निर्माण गर्ने, स्टार्टअपहरू विस्तार गरेर सामना गर्ने चुनौतीहरू पार गर्ने, सफल वृद्धि रणनीतिहरू निर्माण गर्ने, क्षेत्रीय स्टार्टअपहरूको विजयबाट प्रेरणा लिने, बढ्दो क्षेत्रहरू र प्राविधिक प्रवृत्तिहरू पहिचान गर्ने, र रणनीतिक साझेदारी मार्फत नवीनतालाई उत्प्रेरित गर्नेबारे छलपल भएको थियो ।

कार्यक्रममा एनएएस आईटीका उपाध्यक्षले एनएएस आईटी अवार्ड्सको सुरुवातको घोषणा गरेका छन्, जुन टेक्नोलोजीमा उत्कृष्टताको पहिचान गर्न र विजेताहरूलाई अतुलनीय विश्वव्यापी एक्सपोजर र नेटवर्किङ अवसरहरू प्रदान गर्दै प्रतिष्ठित एपीआइसीटीए अवार्डहरूमा सीधा मार्ग प्रदान गर्न सेट गरिएको एक ग्राउन्डब्रेकिंग पहल रहेको बताए ।  नवपर्वद्धनलाई बढवा दिन र विश्वव्यापी टेक समुदायलाई एकआपसमा जोड्ने एनएएस आईटीको मिशन अनुसार एनएएस आईटी अवार्डले प्राविधिक उत्कृष्टतालाई अगाडि बढाउन र सीमापार सहकार्यलाई बढावा दिन महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने संस्थाले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्