Shikhar Insurance

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

सिंहदरबार संवाददाता
२०८१ बैशाख १४, शुक्रबार ११:३६
NIMB
Nabil Bank

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा ४८ करोड रकम भुक्तानी गरेको हो ।

संस्थानका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले गर्मी याम प्रारम्भ भएसँगै दुग्धजन्य पदार्थ (दूध, दही, मोही, पनिर, लसी, आइसक्रिम)को बिक्री बढेकाले किसानको रकम भुक्तानी गर्न सहज भएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

“गर्मीमा दुग्धजन्य पदार्थको बिक्रीमा पचास प्रतिशतले बिक्री बढेकाले नगद प्रवाह बढेको र कृषक भुक्तानीलगायत अन्य भुक्तानीमा क्रमिक रूपले सहज भएको छ”, अधिकारीले भने । डिडिसीले वैशाख लागेपछि विराटनगर क्षेत्रमा १० करोड, जनकपुर क्षेत्रमा १ करोड, हेटौँडा क्षेत्रमा ८ करोड, लुम्बिनी क्षेत्रमा ४ करोड २५ लाख, नेपालगञ्ज क्षेत्रमा २ करोड ७५ लाख, धनगढी क्षेत्रमा १ करोड ५० लाख र काठमाडौं क्षेत्रमा १३ करोड किसानको रकम भुक्तानी गरेको हो ।

डिडिसीले हेटौँडामा सञ्चालन गरेको डिडिसी पशु आहारा उद्योगबाट किसानले दाना खरिद गरी पैसा भुक्तानी गर्न बाँकी ६ करोड रकम कट्टासमेत गरेको निमित्त महाप्रबन्धक अधिकारीले बताए । डिडिसीको हेटौँडामा सञ्चालित पशु आहारा उद्योगबाट मासिक ५ लाख किलो दाना उत्पादन हुँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्