Shikhar Insurance

सेती लोकमार्गको निर्माण कार्य कछुवा गतिमा, १५ वर्षमा १ सय २६ किलोमिटर मात्र भौतिक प्रगति

सिंहदरबार संवाददाता
२०८१ बैशाख १४, शुक्रबार १२:१७
NIMB
Nabil Bank

गोदावरी । कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती लोकमार्गको काममा ढिलाइ भएको छ । पर्याप्त बजेट नहुँदा सो लोकमार्ग निर्माण सुरु भएको १५ वर्षमा १ सय २६ किलोमिटर मात्र ट्र्याक खुलेको हो ।

जम्मा दुई सय चार किलोमिटर लम्बाइ रहेको उक्त सडकको ७८ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । कैलाली खण्डमा ७२ किलोमिटरमध्ये तीन किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी छ । कैलालीको टीकापुरदखि चैनपुरसम्म डोटी, बझाङ र अछाममा रेखाङ्कन गरिएका कतिपय ठाउँमा ट्र्याक खोल्न बाँकी रहेको आयोजना प्रमुख पुजन गिरीले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

अछाममा ८० किलोमिटरमध्ये २३ किलोमिटर सडकको ट्र्याक खोल्ने काम बाँकी रहेको प्रमुख गिरीले जानकारी दिए । उनका अनुसार बाजुराको मेडासैनदेखि राना गाउँसम्मको १२ किलोमिटर ट्र्याक खोल्न बाँकी छ । सो सडकखण्डमा पर्ने कतिपय ठाउँमा रुख कटानीका कारण ट्र्याक खोल्ने काम अघि नबढेको हो । चैनपुरदेखि उरै भञ्ज्याङसम्म भौगोलिक विकटताका कारण काम गर्न समस्या भइरहेको आयोजना प्रमूख गिरीले बताए ।

चालु आर्थिक वर्षमा सो सडकका लागि १४ करोड बजेट विनियोजन गरिएको थियो । सडकमा पर्ने पुल निर्माणका लागि चालु आवमा ३ करोड विनियोजन गरिएको थियो । पुल निर्माण सम्पन्न भएपनि बजेट अभाव भएकाले भुक्तानी दिन नसकिएको प्रमूख गिरीले बताए । कैलाली, डोटी, अछाम, बझाङ र बाजुरालाई जोड्दै ताक्लाकोट सीमा नाका जोड्ने यो लोकमार्ग उत्तर–दक्षिण जोड्ने रणनीतिक महत्व बोकेको सडक हो ।

यो लोकमार्ग धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण चीनको मानसरोवर पुग्ने छोटो मार्ग हो । आव २०६५र६६ मा निर्माण सुरु गरिएको यो लोकमार्ग नेपाल सरकारको प्राथमिकताको आयोजना भनिएपनि काम सुस्त बनेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्