Shikhar Insurance

१ करोड बढी नगद र सुनसहित सात जना पक्राउ

सिंहदरबार संवाददाता
२०८१ बैशाख १४, शुक्रबार १३:१७
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन तथा नगदसहित सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । टोलीले १ किलो सात सय ६८ ग्राम सुन तथा १ करोड ४३ लाख ६० हजार नगदसहित सात जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका–३ टाँटे बस्ने ४७ वर्षीय गणेशदत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल तथा भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेशप्रकाश बिभुते र गणेशसतिश बाल्टे रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

बिहीबार साँझ काठमाडौंको इन्द्रचोकबाट पक्राउ परेका उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्