Shikhar Insurance

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

सिंहदरबार संवाददाता
२०८१ बैशाख १४, शुक्रबार १३:४५
NIMB
Nabil Bank

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए. मन्दिप वशिष्ठ नियुक्त भएका छन् । कम्पनीको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार गौतम र वशिष्ठलाई क्यापिटलको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका प्राध्यापक डा.गौतमले रणनितीक व्यवस्थापनमा विद्यावारिधि तथा व्यवस्थापन र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । प्रा.डा. गौतमसँग एसियन ईन्स्टीच्यिुट अफ टेक्नोलोजि थाईल्याडको Adjunct प्राध्यापक, विरला ईन्स्टीच्यिुट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजिको केस अध्ययन केन्द्रको वोर्ड सदस्य, Dong-A विश्वविद्यालय दक्षिण कोरियाको Visiting प्राध्यापक, टेक्सास क्रिष्चियन विश्वविद्यालयको Research Associate भई कार्य गरेको अनुभव रहेको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नव नियुक्त स्वतन्त्र सञ्चालक गौतम र वशिष्ठलाई क्यापिटलका अध्यक्ष प्रकाश बरालले पद तथा गोपनियताको सपथ गराएका छन् । स्वतन्त्र सञ्चालकहरुले लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्ने कम्पनीले विश्वास लिएका छन् ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्