Shikhar Insurance

प्रभु महालक्ष्मी लाइफको सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख १६, आईतवार १०:४६
NIMB
Nabil Bank

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले २ जना संस्थापक सेयरधनीको नाममा रहेको ३० हजार १२० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी विराट कुमार श्रेष्ठको नाममा रहेको २७ हजार ३७५ कित्ता र सुरेन्द्र सुवेदीको नाममा रहेको २ हजार ७४५ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त सेयर संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्ने सक्नेछन् ।

साथै, तोकिएको समयभित्र संस्थापकहरूबाट खरिद आवेदन नपरेमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थाहरूलाई बिक्री गरिने जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्