Shikhar Insurance

राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरे ‘लगानी सहजीकरण सम्बन्धी अध्यादेश, २०८१’

सिंहदरबार संवाददाता
२०८१ बैशाख १६, आईतवार ११:३६
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन् ।

आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेका हुन् । यस अध्यादेशले लगानीलाई बाधक पुर्याउने विविन्न कानुनलाई संशोधन गरको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

निजी क्षेत्रको माग बमोजिम सरकारले द्रुत मार्गबाट कानुन संशोधन गरेको हो ।  सरकारले भूमि सम्बन्धी ऐन, २०२१, मा जग्गाको हदबन्दी सम्बन्धि कानुन परिमार्जन गरेको छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९; मा विकास निर्माण र उद्योग सम्बन्धि व्यवस्थालाई परिमार्जन गरिएको छ ।

यस्तै, विदुयुतीय(इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३; विशेष आर्थिक क्षेत्र ऐन, २०७३; सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५; मा शोधन गरिएको छ ।

यसैगरी, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५; वन ऐन, २०७६; औद्योगिक व्यसाय ऐन, २०७६ लाई समेत संशोधन गरेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्