Shikhar Insurance

पर्सामा थपिए नौ महिनामा ७ सय ३९ घरेलु उद्योग

सिंहदरबार संवाददाता
२०८१ बैशाख १६, आईतवार ११:३९
NIMB
Nabil Bank

पर्सा । जिल्लामा चालु आर्थिक वर्षको ९ महिनामा ८६ करोड १० लाख ८१ हजार नौ सय ९८ लगानीमा सात सय ३९ वटा घरेलु तथा साना उद्योग थपिएका छन् ।

पर्सास्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धनञ्जय सिंहका अनुसार गत आवमामा १ हजार ८९ नयाँ उद्योग थपिएका थिए तथा यस वर्ष पनि गत वर्षकै हाराहारीमा नयाँ उद्योग थपिने अनुमान गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

चालु आवमा दर्ता भएका उद्योगमध्ये प्राइभेट फर्ममा दर्ता भएका घरेलु तथा साना उद्योगको सङ्ख्या सबैभन्दा बढी अर्थात् छ सय ९४ पुगेको छ । साझेदारी फर्ममा दर्ता गरिएका भने १० वटामात्रै छन् । ‘प्राइभेट लिमिटेड’ मा दर्ता हुनेको सङ्ख्या ३५ छ ।

चालु आवमा दर्ता भएका उद्योगको चालु पुँजी भने ७१ करोड सात लाख ८४ हजार तीन सय १४ छ । कुल पुँजी १ अर्ब ५७ करोड १८ लाख ६६ हजार तीन सय १२ रहेको छ । चालु आवमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन क्षमता ३ अर्ब एक करोड ४५ लाख ८८ हजार नौ सय ३८ रहेको छ ।

उक्त कार्यालयले चालु आवको नौ महिनामा नयाँ साना तथा घरेलु उद्योग दर्ता भएर ५९ लाख ८२ हजार चार सय राजस्व सङ्कलन गरेको जनाएको छ । गत आवमा पर्सामा एक हजार ८९ वटा घरेलु उद्योग दर्ता भएका थिए । दर्तामध्ये प्राइभेट फर्मको सङ्ख्या एक हजार २५ थियो । साझेदारी फर्मको सङ्ख्या १३ र प्राइभेट लिमिटेडको सङ्ख्या ५१ थियो । गत आवमा दर्ता भएका नयाँ घरेलु उद्योगको स्थिर पुँजी १ अर्ब ५४ करोड ४४ लाख ६९ हजार ५२ थियो ।

त्यसैगरी गत आवमा दर्ता भएका उद्योगको चालु पुँजी भने १ अर्ब २९ करोड ७१ लाख ८२ हजार तीन सय ७५ छ । गत आवमा दर्ता भएका उद्योगको कुल पुँजी रु दुई अर्ब ८४ करोड १६ लाख ५१ हजार चार सय २७ छ । गत आवमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन गर्ने क्षमता ४ अर्ब ३४ करोड ९८ लाख ६१ हजार तीन सय ५५ छ ।

कार्यालयले गत आवमा दर्ता भएका घरेलु उद्योगबाट १करोड ६ लाख ३९ हजार दुई सय ५० राजस्व सङ्कलन गरेको थियो । गत आवमा दर्ता भएका उद्योगले पाँच हजार चार सय ६० जनालाई रोजगारी दिने आकालन गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्