Shikhar Insurance

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम २ अर्ब ६८ करोड माथि

सिंहदरबार संवाददाता
२०८१ बैशाख १६, आईतवार १५:१३
NIMB
Nabil Bank

काठमाडौं । साताकाे पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको  छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.३३ अंकले बढेर परिसुचक १९८०.२७ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

आइबार ३०८ कम्पनीको ६८ लाख ७८ हजार १ सय ५९ कित्ता कारोबार हुँदा २ अर्ब ६८ करोड २५ लाख ८६ हजार ९ सय ५५ रुपैयाँ ८२ पैसाको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आइतबार सबैभन्दा धेरै पोखरा फाइनान्सको कारोबार भएको हो । कम्पनीको सेयर प्रतिकित्ता ६ सय ७० रुपैयाँ पुगेको छ ।

आइतबार १८० कम्पनीको सेयर मूल्य बढ्दा ५५कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आइतबार पोखरा फाइनान्सको सेयर मूल्य बढेको छ भने रिभर फल्स पावरको ४.६३ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्