Shikhar Insurance

लगानी सम्मेलन कति सफल ? बोर्डको क्षमता निखारियो

सिंहदरबार संवाददाता
२०८१ बैशाख १८, मंगलवार ०९:१५
NIMB
Nabil Bank

काठमाडौं  । हतारमा आयोजना गरेको लगानी सम्मेलन सोमबार सकिएको छ । पुर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले जोडतोडले अघि बढाएका लगानी सम्मेलन सरकार परिवर्तन हुदाँ गम्भिर असर पर्यो ।

डा. महतपछि अर्थमन्त्रालय सम्हालेका वर्षमान पुनले लगानी सम्मेलनको तयारीलाई उचाई दिन सकेनन । लगानी बोर्डको एकल प्रयासमा जसोतसो सम्मेलन सकिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

लगानी सम्मेलनमा एक दजर्नबढी सम्झौता भएका  छन् । लगानी बोर्डका अनुसार आठ सय भन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सय भन्दा बढीको सहभागिता भयो। सम्मेलनका क्रममा आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डीङ (लगानीकर्ताको प्रतिक्रिया संकलन) ९ परियोजनासहित कुल १५४ परियोजना प्रस्तुत भएको थियो ।

आशयपत्र पेश गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैर–ऊर्जा परियोजनाको हकमा ३५ दिनको समय प्रदान गरिएको छ। लगानी सम्मेलनमा यस प्रकारका सम्झौता भएका छन् ।

विप्रेषण आप्रवाहको रकम जलविद्युत् आयोजनामा लगानी गर्ने गरी रेमिट हाइड्रो परियोजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्हरुबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

बीएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस इन्डियाबीच नेपालमा डेटा सेन्टर स्थापनाको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

डेटा सेन्टर, क्लाउन सर्भिसेस र आर्टिफिसियल इन्टेलिजेन्स सेवाको लागि दई पक्षीय सहमति भएको हो। बीएलसी ग्रुपको अध्यक्ष वसन्त चौधरी रहेका छन्। हङकङको बोर ग्रुपले नेपालको होटलमा पौने २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।नेपालको साःख ग्रुपसंग मिलेर लुम्बिनी प्रदेशमा लगानी गर्ने भएको हो।

लगानी सम्मेलनको अवसरमा काठमाडौंमा दुई ग्रुपबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। कपिलवस्तुको गोरुसिंगेमा १०० मिलियन आरएमबी लगानी गर्ने सम्झौता भएको छ।

नेपालमा भौतिक पूर्वाधार तथा पीपीपी पाइपलाइन सुदृढीकरण, पीपीपी परियोजना र कार्यक्रम तयारी र कार्यान्वयनमा अन्तर्राष्ट्रि असल अभ्यास प्रवद्र्धनका लागि सहकार्य, संयुक्त रूपमा सभासम्मेलन, गोष्ठीका आयोजना गर्न तथा संयक्त प्रकाशनहरू तयार गर्न दुवै संस्था सहमत भएका हुन्।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एमएबीसी इन्भेष्टमेन्ट ग्रुप प्रा.लि. बीच लगानी सम्झौता भएको छ। नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन आज सोसम्बन्धी सम्झौता भएको हो।

सम्झौतामा एमएबीसी इन्भेष्टमेन्ट  ग्रुपको तर्फबाट उक्त कम्पनीका अध्यक्ष जियोन योंग लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारिक प्रतिनिधि शिवराज दवाडी (माधव दवाडी) ले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार लगानीको रकम नेपाली ६ अर्ब बराबर रहेको छ।

नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अस्ट्रेलियाबाट लगानी भित्रिएको छ। रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो ।

सम्मेलनामा जेजति सम्जौता भयो यसलाई ठूलो उपलब्धि मान्न सकिदैंन । किनभने सम्झौता भएका योजना साना प्रकृतिका मात्रै छन् । लगानी सम्मेलन लगानीको बोर्डको लागि भने अनुभव तिखार्ने ठूलो अवसर बनेको छ ।

अब बोर्डले यसरी सम्मेलन गरेर ठूला लगानी ल्याउन सकिदैन । लगानी ल्याउनका लागि निजी क्षेत्र र विदेशी लगानीकर्ताबिच गहिरो अध्ययन हुनुपर्नेछ । बोर्ड तथा सरकारको क्षमताले भ्याएसम्म लगानी सम्मेलन सफल भएको मान्न सकिन्छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्