Shikhar Insurance

न्युनतम प्रतिकित्ता २ सय ८० रुपैयाँमा नेपाल पुनर्बीमा कम्पनीको ११ लाख कित्ता सेयर लिलामीमा

सिंहदरबार संवाददाता
२०८१ बैशाख १८, मंगलवार १०:४४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको ११ लाख कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।

उक्त सेयरको नियुन्तम प्रतिकित्ता मूल्य २ सय ८० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले कम्तीमा न्यूनतम मूल्य वा सोभन्दा बढी मुल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम दुई लाख कित्ता र अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरू वा योग्य अन्य संगठित संस्थाहरूलाई सूचना प्रकाशन आज (वैशाख १८ गते) देखि २६ गतेसम्ममा कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर भवन, थापाथली–११, काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्