Shikhar Insurance

कृति भेन्चर फण्डको साधारण सभा जेठ ८ गते, यस्ता छन् मुख्य एजेण्डा

सिंहदरबार संवाददाता
२०८१ बैशाख १८, मंगलवार ११:१०
NIMB
Nabil Bank

काठमाडौं । कृति भेन्चर फण्ड लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको बैशाख ७ गते बसेको बैठकको निर्णय अनुसार जेठ ८ गते टिम कर्पोरेट सेन्टर, शक्ति विनायक मार्ग, गैरीगाँउमा अपरान्ह ४ बजे बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा आव २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । आव २०७९/८० को लेखा परिक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरण उपर छलफल गरी पिारित गर्ने सभाको प्रस्ताव रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, सभामा बोनश सेयर जारी गर्ने, सर्वसाधारणलाई साधारण सेयरका आईपिओ जारी गर्ने र नियमावलीमा संशोधन गरी सम्बन्धित निकायबाट स्वीकृत गराउन संचालक समितिलाई अख्यिार दिने सम्बन्धमा छलफल गर्ने सभाको विशेष एजेण्डा रहेको छ ।

सभामा कम्पनी गाभ्ने तथा गाभिने सम्बन्धमा छलफल समेत हुने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्