Shikhar Insurance

२५.९३ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ४ अर्ब ८० करोड नाघ्यो

सिंहदरबार संवाददाता
२०८१ बैशाख १८, मंगलवार १५:११
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५.९३ अंकले बढेर २००६.२८ मा पुगेको हो ।

मंगलबार ३२० कम्पनीको १ करोड १८ लाख ३८ हजार १ सय ५० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८० करोड ४४ हजार ६ सय १ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आज सबैभन्दा धेरै शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको कारोबार भएको छ । कम्पनीको १८ करोड २४ लाख २८ हजार १ सय ९२ रुपैयाँ ३० पैसा कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ३ सय ९७ रुपैयाँ ७० पैसा रहेको छ ।

मंगलबार २४३ कम्पनीको सेयर मूल्य बढ्दा ५७ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्