Shikhar Insurance

चालु आर्थिक वर्ष निर्माण क्षेत्रको मूल्य अभिवृद्धि दर ऋणात्मक हुने

सिंहदरबार संवाददाता
२०८१ बैशाख १८, मंगलवार १८:४८
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्ष निर्माण क्षेत्रको मूल्य अभिवृद्धि दर ऋणात्मक हुने अनुमान गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार निर्माण क्षेत्र -२.०७ प्रतिशतले ऋणात्मक हुने अनुमान गरेको हो ।

निर्माण सामग्रीको आयातमा आएको कमी, निर्माण सामग्रीको स्वदेशी उत्पादनमा आइएको कमी जस्ता कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धि संकुचन हुने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ । गत आव २०७९/८० मा निर्माण क्षेत्रको वृद्धिदर ऋणात्मक -१.१० प्रतिशत हुने संशोधित अनुमान गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आव २०७८/७९ को अन्तिम तथ्यांक अनुसार उक्त वर्षमा निर्माण क्षेत्रको वृद्धिदर ६.९३ प्रतिशत कायम गरिएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्