Shikhar Insurance

चालु आव वित्तीय तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि दर ७.८० प्रतिशत हुने

सिंहदरबार संवाददाता
२०८१ बैशाख १८, मंगलवार १८:५९
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्ष वित्तीय तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि दर वृद्धि हुने अनुमान गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार वित्तीय तथा बीमा क्षेत्रको अभिवृद्धि दर ७.८० प्रतिशतले बढ्ने अनुमान गरेको हो ।

बैंकको निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि, बैंक र वित्तीय संस्थाको सेवा शुल्कको आम्दानीमा भएको वृद्धिसँगै यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ । गत आव २०७९/८० मा वित्तीय तथा बीमा क्षेत्रको वृद्धिदर ७.२७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आव २०७८/७९ को अन्तिम तथ्यांक अनुसार उक्त वर्षमा वित्तीय तथा बीमा क्षेत्रको वृद्धिदर ६.९१ प्रतिशत कायम गरिएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्