Shikhar Insurance

चालु आव शिक्षा क्षेत्रको मूल्य अभिवृद्धि दरमा सामान्य वृद्धि हुने

सिंहदरबार संवाददाता
२०८१ बैशाख १८, मंगलवार १९:२२
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्ष शिक्षा क्षेत्रको मूल्य अभिवृद्धि दर बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार शिक्षा क्षेत्रको अभिवृद्धि दर २.७१ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको हो ।

गत वर्षको तुलनामा चालु आवमा निजी शैक्षिक संस्थाका विद्यार्थी संस्थामा कमी आएको भए पनि सरकारी शैक्षिक संस्थाका विद्यार्थीहरुको संख्यामा भएको बढोत्तरीसागै शिक्षा क्षेत्रको मूल्य अभिवृद्धिमा सामान्य वृद्धि हुने अनुमान गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आव २०७९/८० मा शिक्षा क्षेत्रको वृद्धिदर ३.९३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आव २०७८/७९ को अन्तिम तथ्यांक अनुसार उक्त वर्षमा शिक्षा क्षेत्रको वृद्धिदर ४.६६ प्रतिशत कायम गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्