Shikhar Insurance

चालु आव थोक तथा खुद्रा व्यापार क्षेत्रको मूल्य अभिवृद्धि दरमा सामान्य उकालो लाग्ने

सिंहदरबार संवाददाता
२०८१ बैशाख १८, मंगलवार १९:३२
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्ष थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको मूल्य अभिवृद्धि दर सामान्य प्रतिशतले बढ्ने अनुमान गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको अभिवृद्धि दर ०.१६ प्रतिशतले वृद्धि हुने अनुमान गरेको हो ।

चालु आवमा व्यापारजन्य वस्तुको आयात तथा आन्तरिक उत्पादनमा आएको गिरावटले यस क्षेत्रको मूल्य अभिवृद्धि सामान्य प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गत आव २०७९/८० मा थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको वृद्धिदर ऋणात्मक -३.०२ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आव २०७८/७९ को अन्तिम तथ्यांक अनुसार उक्त वर्षमा शिक्षा क्षेत्रको वृद्धिदर ७.४२ प्रतिशत कायम गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्