Shikhar Insurance

व्यास नगरपालिकाको ३० लाख लागतमा ‘प्यारापिट’ निर्माण, ७५ प्रतिशत भौतिक प्रगति

सिंहदरबार संवाददाता
२०८१ बैशाख २७, बिहीबार ११:५८
NIMB
Nabil Bank

तनहुँ । जिल्लाको व्यास नगरपालिका–३ बिपी वनबाटिका खेलमैदानमा ‘इलेभेन ए साइड’ दुई सय ५० जना दर्शक बस्न सक्ने प्यारापिट निर्माण भएको छ । व्यास नगरपालिकाको ३० लाख आर्थिक सहयोगमा एक हजार एक सय २७ वर्गफिट क्षेत्रफलमा प्यारापिट निर्माण गरेको हो ।

निर्माणाधीन प्यारापिटको ७५ प्रतिशत काम पूरा भएको छ । उक्त खेलमैदानलाई फुटबल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, बास्केटबललगायत खेल प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य रहेको बिपी वनबाटिक खेलमैदान निर्माण समितिका अध्यक्ष भुवन गोशलीले बताए । उनले भने, प्यारापिटले दर्शकलाई घामपानीबाट बचाउँछ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसअघि भिमाद नगरपालिका–६ क्याम्पस रोडस्थित रङ्गशालामा प्यारापिट निर्माण भएको थियो । तीन हजार दर्शक क्षमताको उक्त प्यारापिट कूल ५२ लाख ८४ हजार दुई सय लागतमा निर्माण भएको हो । प्यारापिट बनाउन भिमाद नगरपालिकाको ४६ लाख ८० हजार र स्थानीयले ६ लाख चार हजार दुई सय सहयो गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्